सन्दीप लामिछानेको बलात्कार मुद्दामा भएन सुनुवाइ


काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज पनि सुनुवाई हुन सकेन । पालो पाएन भन्दै न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले उनको मुद्दामा सुनुवाइ हुन नसकेको बताए । ५ औं नम्बरमा भएको मुद्दामा हेर्न नभ्याइने भनी आदेश गरिएको छ ।

बलात्कारको घटनाको साक्षी प्रमाणमा केन्द्रित भई न्याय निरुपण हुनुपर्ने मुद्दा पीडितको र उनको आमाको जन्म मितिको विवादसम्म पुगेको छ ।
सन्दीप लामिछानेले पीडितको जन्ममितिको शंकास्पद कागजात पेस गरेका थिए । सम्बन्धित निकायमा त्यो कागजात नभेटिएपछि गत सोमबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले सन्दीपलाई कागज गराई सम्बन्धित निकायबाट प्रमाणित विवरण मगाउनु भनी आदेश गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार