एसिया कपमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित


काठमाडौँ । एसिया कप क्रिकेटमा नेपाल आयोजक पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको छ । पाकिस्तानमा भएको एसिया कपको सुरुवादी खेलमै नेपाल पाकिस्तानसँग पराजित भएको हो ।

टस जिती पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर तीन सय ४२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले २३.४ ओभरमा अलआउट हुनुअघि एक सय चार रन मात्र बनाउन सक्यो ।

एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण बुधबारदेखि सुरु भएको हा्े । एसिया कपका खेलहरु सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकाका विभिन्न रंगशालामा खेलिनेछ । एसिया कपमा नेपालले पहिलो पटक सहभागिता जनाएको हो ।

पाकिस्तानको भने एसिया कपमा १४औं सहभागिता हो । एकदिवसीय विश्वकपको पूर्व विजेतासमेत रहेको पाकिस्तानले हालसम्म दुई पटक एसिया कपको उपाधि पनि चुमिसकेको छ । नेपालले आफ्नो दोस्रो खेल भदौ १८ गते श्रीलंकाको केन्डीमा भारतसँग खेल्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार