विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षसम्म यही गठबन्धन निरन्तर रहने बताएका छन् ।
समाजवादी मोर्चाको सन्देशसभाका लागि आज विराटनगर पुगेका उनले संचारकर्मीसंगको कुराकानीमा पाँच वर्षसम्म काँग्रेससहितको गठबन्धन निरन्तर रहने बताएका हुन् ।
उनले लोकतान्त्रिक संविधानको रक्षा गर्दै भ्रष्टाचार निुर्मुल गरि सुशासन ल्याउने मुख्य एजेण्डा लिएर सत्ता गठबन्धन बनेकाले पाँच बर्ष निरन्तर चल्ने दावी समेत गरे ।
सरकारले विभिन्न भ्रष्टाचारका फायलहरु खोलेर भ्रष्टहरु जेल पठाउने सुशासन ल्याउने कामको सुरुवात गरेकाले जनतामा आसा पलाएको उनको भनाई थियो ।
विराटनगरमा आयोजित मोर्चाको सन्देश सभालाई माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गरेका छन् ।
उनिहरुले ठुलो संघर्ष, बलिदान र त्यागपछि देशमा राजनीतिक परिर्बतन आएकाले यसको रक्षा गर्दै समग्र देशको विकासका लागि सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिए ।
मोर्चाका नेताहरुले बोल्दै संविधानले परिकल्पना गरेको समाजवादको लक्ष्य पुरा गर्न समाजवादी मोर्चा गठन भएकाले यसमा गोलवद्ध हुन आग्रह समेत गरेका छन्।