संसदमा लिङदेनले ‘राजा’ शब्द प्रयोग गरेपछि दाहालले गरे रेकर्डबाट हटाउन माग

काठमाडौँ । माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल (राजन) ले संसदको रेकर्डबाट राजा शब्द हटाउन माग गरेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै माओवादी केन्द्रका सांसद दाहालले नेपालको संविधानले राजा नचिन्ने भएकाले राजा शब्द संसदको रेकर्डबाट हटाउन माग गरेका हुन् ।शून्य समयमा बोल्दै राप्रपा सांसद राजेन्द्र लिङदेनले राजा शब्द प्रयोग गरेका थिए ।

‘भर्खरै एकजना माननीयज्यूले राजा भन्ने शब्द प्रयोग गर्नुभयो यो सम्मानित सदनमा । यो संघीय गणतन्त्रात्मक मुलुक हो । तसर्थ राजा भन्ने शब्द संसदको रेकर्डबाट हटाइयोस् भन्ने माग राख्न चाहन्छु’, सांसद दाहालले भने ।

उनले चाँडवाडका बेला ब्याप्त महंगी र कालोबजारी नियन्त्रणका लागि सम्बन्धित निकायले तत्काल बजार अनुगमन गर्न समेत सरकारलाई आग्रह गरे । सांसद दाहालले कार्यतालिका सहितको बजेट पास भएको महिनौं भएकाले त्यसको कार्यान्वयन प्रकृयाको लिखित विवरणको समेत माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार