काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलन गरी सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु सार्वजनिक गरेकी हुन् ।
सरकारले आर्थिक वर्ष २०८०र८१ को लागि महान्यायाधिवक्ताको कार्यालयमा एकजना सूचना प्रविधि अधिकृतको अस्थायी दरबन्दी सिर्जना गर्ने भएको छ ।
त्यस्तै सरकारले २०८० असोज २६ देखि कात्तिक २ गतेसम्म भारतमा हुने प्रधानमन्त्री गति शक्ति गुरुयोजनाको अवलोकन भ्रमणमा राष्ट्रिय योजना आयोगका सदस्य डा।रामकुमार फुयाँलको नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने, आ.व. २०८०र८१ औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारी गर्न अनुमति दिने, थाइल्यान्डको बैंककमा २०८० कात्तिक २ देखि ३ गतेसम्म आयोजनामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई सहभागी हुन स्वीकृति दिने, दुग्ध विकास संस्थानको सञ्चालक समितिका सदस्य डा.वेदबहादुर क्षेत्रीलाई संस्थानको सञ्चालक समितिको अध्यक्ष तोक्ने निर्णय गरेको छ ।
त्यस्तै असोज २९ देखि कात्तिक ३ गतेसम्म जनवादी गणतन्त्र चीनमा आयोजना हुने कार्यक्रममा माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सहभागी हुन स्वीकृति दिने, रेल्वे सेवा सञ्चालन र मर्मत सम्भारको लागि तालिमप्राप्त जनशक्ति, आवश्यक उपकरण एवं मालसामान सरकार तथा सरकारी प्रक्रियाबाट सम्झौता गरी खरिद गर्न सैद्धान्तिक स्वीकृति दिने, रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजनामा आ।व।२०८०–८१ का लागि विभिन्न सेवा, समूह, उपसमूहका अधिकृत स्तरका १४ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।
यस्ता छन् निर्णयहरू
–आ.व. २०८०र८१ को लागि महान्यायाधिवक्ताको कार्यालयमा एकजना सूचना प्रविधि अधिकृतको अस्थायी दरबन्दी सिर्जना गर्ने ।
–२०८० असोज २६ देखि कात्तिक २ गतेसम्म भारतमा हुने प्रधानमन्त्री गति शक्ति गुरुयोजनाको अवलोकन भ्रमणमा राष्ट्रिय योजना आयोगका सदस्य डा।रामकुमार फुयाँलको नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने ।
–आ.व. २०८०र८१ औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारी गर्न अनुमति दिने ।
–थाइल्यान्डको बैंककमा २०८० कात्तिक २ देखि ३ गतेसम्म आयोजनामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई सहभागी हुन स्वीकृति दिने ।
–दुग्ध विकास संस्थानको सञ्चालक समितिका सदस्य डा। वेदबहादुर क्षेत्रीलाई संस्थानको सञ्चालक समितिको अध्यक्ष तोक्ने ।
–२०८० असोज २९ देखि कात्तिक ३ गतेसम्म जनवादी गणतन्त्र चीनमा आयोजना हुने कार्यक्रममा माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सहभागी हुन स्वीकृति दिने ।
–रेल्वे सेवा सञ्चालन र मर्मत सम्भारको लागि तालिमप्राप्त जनशक्ति, आवश्यक उपकरण एवं मालसामान सरकार तथा सरकारी प्रक्रियाबाट सम्झौता गरी खरिद गर्न सैद्धान्तिक स्वीकृति दिने ।
–रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजनामा आ.व.२०८०र८१ का लागि विभिन्न सेवा, समूह, उपसमूहका अधिकृत स्तरका १४ अस्थायी दरबन्दी स्वीकृत गर्ने ।
–२०८० असोज ३० देखि कात्तिक २ सम्म भारतको मुम्बईमा हुने कार्यक्रममा नेपाल सरकारलाई आर्थिक दायित्व नपर्ने गरी माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई सहभागी हुन स्वीकृति दिने ।
–अन्तर्राष्ट्रिय स्तरको क्रिकेट र बक्सिङ प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी सहभागी मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापक ९अफिसियल० लाई पुरस्कार प्रदान गर्ने ।
–२०८० मङ्सीर १९ र २० गते मित्रराष्ट्र घानामा संयुक्त राष्ट्रसंघद्वारा आयोजना हुने २०२३ कार्यक्रममा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई सहभागी हुन स्वीकृति दिने ।
–सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिकालाई १५ शय्याको प्राथमिक अस्पताल निर्माणका लागि सोही गाउँपालिकाको वडा नं। ३ स्थित ७।२ रोपनी जग्गा प्रयोग गर्न स्वीकृति दिने ।
–माथिल्लो सितखोला साना जलविद्युत आयोजनाको भौतिक पूर्वाधारहरू निर्माणका लागि अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं। ४ र ५ स्थित १।८४ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।
–अवकाशप्राप्त गैरनेपाली नागरिक अस्थायी शिक्षकहरूलाई सुविधा प्रदान गर्ने ।
–अवकाशप्राप्त गैरनेपाली नागरिक अस्थायी शिक्षकहरूलाई सुविधा प्रदान गर्ने ।
–नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा श्री अर्जुनजंग थापालाई बढुवा गर्ने ।
–न्याय सेवा आयोगको सिफारिसबमोजिम नेपाल न्याय सेवा, कानुन समूहतर्फका ६ जना राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरूको सरुवा गर्ने ।
–आसन्न दसैँ, तिहार, नेपाल संवत् र छठलगायतका सांस्कृतिक पर्वहरूको अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नेपाल सरकारको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्ने ।
–राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने ।
–तल्लो अरुण जलविद्युत परियोजना ९६६९ मेगावाट० को लागि आवश्यक १०७।९७ हेक्टर निजी जग्गा प्राप्ति गर्न स्वीकृति दिने ।
–अन्तर्राष्ट्रिय स्तरको बालबालिका, विकास र शान्तिका लागि लौरियट्स एन्ड लिडर्स चौथो शिखर सम्मेलन २०२४, २०८०, ११, २७ देखि २९ सम्म आयोजना गर्न लुम्बिनी प्रदेश सरकारलाई सैद्धान्तिक स्वीकृति दिने ।
–बङ्गलादेशको ढाकामा कात्तिक ११ देखि १३, २०८० मा हुने सेमिनारमा सहभागी हुन निर्वाचन आयुक्त सगुनसम्शेर जबराको भ्रमण स्वीकृत गर्ने ।
–संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको यही मिति २०८० कात्तिक १२ देखि १५ गतेसम्म हुने नेपालको औपचारिक भ्रमण कार्यक्रम स्वीकृत गर्ने ।
–परराष्ट्रमन्त्रीको २०८० कात्तिक ८ देखि १६ गते सम्म संयुक्त राज्य अमेरिकाको भ्रमण कार्यक्रम स्वीकृत गर्ने ।
–नेपाल र इजिप्टबीचको युवा तथा खेलकुदसम्बन्धी यसैसाथ समझदारीपत्र स्वीकृत गरी सोही बमोजिमको समझदारी पत्रमा समकक्षी मिलाई हस्ताक्षर गर्न युवा तथा खेलकुद मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने ।
–वन पैदावार विकास समितिलाई ८,८५,००,००० ९आठ करोड पचासी लाख मात्र० ऋण सहायता दिने ।
–२०८० कात्तिक २१ गतेदेखि मङ्सिर ६ गतेसम्म फ्रान्सको पेरिसमा आयोजना हुने युनेस्कोको ४२ औँ महासभामा निम्नबमोजिम भ्रमणको लागि देहायबमोजिम स्वीकृति दिने ।
९क० प्रथम चरण २०८० कात्तिक २१ देखि २७ गतेसम्म मन्त्री अशोककुमार राईको नेतृत्वमा ।
९ख०दोस्रो चरणमा कात्तिक २९ देखि मङ्सिर ५ गतेसम्म सचिव सूचना ९शिक्षा० सुरेश अधिकारीको नेतृत्वमा ।
–२०८० असार १२ गते नेपाल सरकार ९मन्त्रिपरिषद्० को निर्णयअनुसार मनाङ एअरको हेलिकप्टर दुर्घटनाको जाँचबुझ गरी प्रतिवेदन पेस गर्न गैर सैनिक हवाई उडान ९दुर्घटना जाँच० नियमावली, २०७१ को नियम १० बमोजिम गठन भएको समितिलाई मनाङ एअरको २०८०, ६ र २७ मा भएको दुर्घटनाको समेत जाँचबुझ गर्न कार्यादेश दिने ।
–नेपाल सरकार र कतार सरकारबीच हुने समझदारीपत्र स्वीकृत गर्ने ।
–सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई नेपाल सरकारको तर्फबाट उक्त समझदारीपत्रमा समकक्षी मिलाई हस्ताक्षर गर्न अख्तियारी दिने ।
–आगामी २०८० कात्तिक २९ देखि मङ्सिर १ सम्म थाइल्यान्डको बैंककमा हुने सम्मेलनमा माननीय स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र सचिव देवकुमारी गुरागाईँलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
–आगामी २०८० कात्तिक १३ देखि १६ सम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने सभामा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत, सचिव डा.रोशन पोखरेल र अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
–चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सभामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ को दफा ७ को उपदफा (२) को (ध) बमोजिम अमुदा श्रेष्ठ र पदमबहादुर गिरीलाई सदस्य मनोनयन गर्ने ।