रुपन्देही । रुपन्देहीमा दुर्गाको मूर्ति विसर्जन गर्न गएका दुई युवाको नदीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका–१ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभररहेका छन् । सोहि ठाउँका २० वर्षीय सन्तकुमार राजभर नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माका अनुसार दुर्गा मूर्ति विसर्जन गर्न गएका तीन जनामध्ये नाउं र राजभरको मृत्यु भएको र सन्तकुमार बेपत्ता भएका छन् । बेपत्ता राजभरको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।