क्रिकेट टोलीको दशै उपहारः यूएईलाई हराउँदै नेपालले जित्यो यू–१९ प्रिमियर कपको उपाधि


काठमाडौं । नेपाली क्रिकेट टिमले दशैको हर्षउल्लासमा नेपालीलाई थप खुशीयाली दिएको छ । मलेसियामा भएको फाइनल एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेर थप खुशीयाली दिएको हो । आज भएको फाइनल खेलमा संयुक्त अरब इमिरेट्स ९यूएई० लाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १९ रनले हराउँदै नेपालले उपाधि जितेको हो ।

मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा भएको फाइनल खेलमा डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य पाएको यूएईले २६.५ ओभरमा अलआउट हुँदै १७८ रनमात्रै बनाउन सकेपछि नेपाल १९ रनले विजयी भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर यूएईलाई २८१ रनको लक्ष्य दिएको थियो । तर, खेल वर्षाका कारण प्रभावित हुँदा २७ ओभरमा छोट्याएर डकवर्थ लुइस मेथडमा खेल्दा यूएईले २६.५ ओभरमा अलआउट हुँदै १७८ रन मात्रै बनायो ।

जितका लागि नेपालका कप्तान देव खनालले सय रनकोयाृगदान गरेका थिए । नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनाएको थियो ।

आगामी डिसेम्बर पाकिस्तानमा हुने एसिया कपमा नेपालसँगै उपविजेता यूएई र तेस्रो भएको जापानले पनि खेल्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार