क्रिकेट विकासमा प्रचण्ड सरकारः मूलपानी, चितवन र विराटनगरको रंगशाला राष्ट्रिय गौरवको आयोजनामा समावेश


काठमाडौं । सरकारले मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजना भन्दै घोषणा गरेको छ।
आज सिंहदरवारमा बसेको मन्त्रिपरिषदको बैठकले मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजना भन्दै घोषणा गरेको हो ।

यी ३ वटै निर्माणाधीन क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर निर्माणकार्य अघि बढाउने निर्णय समेत गरेको सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

नेपालको क्रिकेट विकासमा सरकारले महत्वपुर्ण काम गर्ने उदेश्यका साथ निर्माणाधीन क्रिकेट रंगशालालाई छिटो भन्दा छिटो सम्पन्न गर्ने लक्ष्य लिएको उनले बताइन् ।

नेपालमा क्रिकेटको राम्रो सम्भावना रहेकाले जनस्तरबाट पनि देशमा अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउनु पर्ने ब्यापक दवाव छ । प्रधानमन्त्री प्रचण्डले पनि बेला बेला क्रिकेट खेलाडीहरुलाई सम्मान र पसरस्कृत गर्दै हौसला दिने काम गरिरहेको पाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार