मधेस पुगेर देउवाले भनेः संघीयता सफल पार्न राष्ट्रिय सहमति आवश्यक


धनुषा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संघीयता सफल पार्न राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् । आज धनुषाको औरही गाउँपालिकामा काँग्रेसका पूर्व क्षेत्रीय सभापति स्वर्गीय राजकिशोर सिंहको शालिक अनावरण गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले संघीयता सफल पार्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएका हुन् । उनले जनताको संघर्ष र त्यागबाट देशमा संघीयता आएका कारण यसलाई सफल पार्न सबै दल मिल्नुको बिकल्प नरहेको समेत बताए ।

सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि देशको केन्द्रमा मात्रै सिमित रहेको सबै हक अधिकार जनताको घरआगनमा आएकाले यसको रक्षा गर्दै जनताका जनजिविका सवालमा सबै दलहरु मिलेर अघि बढ्नु पर्नेमा जोड दिए ।

केन्द्रको शासन र अधिकार जनतामा आएको लोकतन्त्र विरोधी शक्तीहरुलाई मन नपरेकाले संघीय गणतन्त्रमाथी आक्रमणको प्रयास भइरहेको बताउँदै उनले त्यसको शसक्त प्रतिकार गर्नुपर्ने बताए ।

शालिक अनावरण गर्दै सभापति देउवाले स्वर्गीय सिंह पार्टीको सम्पत्तिका रुपमा रहेको र उनको अनुपस्थितिले काँग्रेस र लोकतान्त्रिक आन्दोलनलाई ठूलो क्षति पुगेको बताए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार