रेशम चौधरीको पार्टी महाधिवेशन प्रचण्डले उद्घाटन गर्ने, भारतीय जनता पार्टीका नेता पाहुना


कैलाली। रेशम चौधरीको पार्टी महाधिवेशन प्रचण्डले उद्घाटन गर्ने, भारतीय जनता पार्टीका नेता पाहुना हुने
धनगढी। रशेम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी ९नाउपा० को पहिलो महाधिवेशनको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्ने जानकारी दिइएको छ ।

कैलालीको धनगढीमा आज पत्रकार सम्मेलन गर्दै नाउपाले आफ्नो पहिलो महाधिवेशनको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्ने जानकारी दिएको हो । यही पुस २६ गतेदेखि कैलालीको टीकापुरमा हुने महाधिवेशन तीन दिनसम्म चल्ने छ । महाधिवेशनको उद्घाटन सत्रका लागि नेपालका राजनीतिक दलका शीर्ष नेताहरुसँगै भारतीय जनता पार्टी ९भाजपा०का नेतालाई समेत सहभागी गराउने तयारी रहेको संरक्षक चौधरीले जानकारी दिए।

उनकाअनुसार महाधिवेशनमा देशका ५२ जिल्लाबाट ८ हजार प्रतिनिधिहरु सहभागी हुनेछन् । महाधिवेशनले ३९ जना पदाधिकारी र २४१ जना केन्द्रीय सदस्य चयन गर्ने संरक्षक चौधरीले बताए ।

महाधिवेशनमा थाइल्यान्ड, केन्याबाट पनि प्रतिनिधिहरू आउने उनले बताए । चौधरीकाअनुसार महाधिभवेशनमा भारतको झारखण्डबाट कलाकारहरू आउने छन् । उनका अनुसार एक लाख भन्दा धेरै नेता कार्यकर्ता नाउपाको उद्घाटन सभामा उपस्थित हुनेछन् ।

चर्चित टिकापुर घटनापछि उदाएको नाउपा अहिले संघीय र सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार