
दाङ । दाङ भालुबाङस्थित सडकबाट राप्ती नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा परि हालसम्म दुई दर्जन यात्रुको उद्धार गरि अस्पताल पठाइएको दाङका एसपी रामबहादुर केसीले बताए । मृतकको सनाखत भएको छैन् । प्रहरीकाअनुसार उद्धार कार्य जारि छ ।
बसमा करिब ३७ जना यात्रु हुन सक्ने प्रहरीको अनुमान छ । उद्धार गरिएका दुई दर्जन यात्रुलाई उपचारका लागि भालुवाङ, लमही र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्जवल सिंहले बताए ।
बाँकेको नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस आज राती साढे १० बजेतिर दाङको राप्ति गाउँपालिका १ स्थित राप्ती पुलबाट बस नदीमा खसेर दुर्घटना भएको हो। पुर्ण क्षतिको आइसकेको छैन ।












