टुँडिखेलमा माघी मनाउनेको भिडमा धकेलाधकेल हुँदा ८ जना घाइते


काठमाडौँ । काठमाडौँको टुँडिखेलमा माघी मनाउने भिडमा धकेलाधकेल हुँदा ८ जना घाइते भएका छन् । माघे संक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको अलग अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक भीडभाडका क्रममा घाइते हुन पुगेका हुन् ।
घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

महोत्सवमा पस्ने र निस्कने क्रममा धकेलाधकेल भएर उनीहरु घाइते भएका हुन् । डिखेलमा थारु समूदायले थारु राष्ट्रिय माघी महोत्सव र मगर समुदायले पनि माघी महोत्सव मनाइरहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार