आजदेखि दक्षिण अफ्रिकामा आईसीसी यू–१९ क्रिकेट विश्वकप सुरु हुँदै,नेपालको पहिलो खेल आइतबार न्युजिल्याण्डसँग


काठमाडौं । आजदेखि दक्षिण अफ्रिकामा आईसीसी यू–१९ क्रिकेट विश्वकप सुरु हुँदैछ । यू–१९ विश्वकपको यो १५औं संस्करण हो ।
यू१९ विश्वकपमा १२ टेष्ट राष्ट्रका युवा टोलीसहित चार एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । विश्वकपका खेलहरु पोचेस्ट्रुम, ब्लोएमफोन्टेइन, बेनोई, किम्बेरले र इस्ट लण्डनमा आयोजना हुँदैछ ।

खेल तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल आइतबार न्युजिल्याण्डसंग खेल्नेछ । नेपालले ८ वर्षपछि यू–१९ विश्वकपमा पुनरागमन गरेको हो ।

प्रतियोगितामाआज पहिलो उद्घाटन खेलमा दुई खेल हुँदैछन् । समूह ‘ए’ मा रहेका आयरल्याण्ड र अमेरिका तथा समूह ‘बी’ मा रहेका दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीच प्रतिस्पर्दा हुनेछ । दुवै खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ ।

प्रतियिोगिताको फाइनल खेल ११ फेब्रुअरीमा हुनेछन् । यू १९ विश्वकपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

जस अनुसार समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्याण्ड र अमेरिका तथा समूह ‘बी’ मा इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेष्ट इन्डिज र स्कटल्याण्ड छन् ।

यस्तै समूह ‘सी’ मा अष्ट्रेलिया, श्रीलंका, जिम्बाव्वे र नामिबिया तथा समूह ‘डी’ मा नेपाल र न्युजिल्याण्डसँगै अफगानिस्तान र पाकिस्तान छन् ।

चार एसोसिएट राष्ट्र नेपाल, स्कटल्याण्ड, नामिबिया र अमेरिकासहित न्युजिल्याण्ड छनोट चरण पार गर्दै विश्वकपमा पुगेका हुन् । यू–१९ क्रिकेट विश्वकप पहिलो पटक सन् १९८८ मा अष्ट्रेलियामा आयोजना भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार