क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल विजयी

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल र यू १९ का कप्तान देव खनालको उत्कृष्ट साझेदारीले नेपालले तीन खेलको शृंखला २-० ले जितेको छ । क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पनि नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य लिएर मैदान उत्रिएको नेपालले २९ बल बाँकी हुँदै ६ विकेट गुमाएर जीत हासिल गरेको हो ।

जितका लागि राष्ट्रिय टिमका कप्तान पौडेलले ८७, कप्तान खनालले ७६, अनिलकुमार साहले ५०, भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे । क्यानडाविरुद्धको ३ एकदिवसीय सिरिजमा नेपालले दुई खेल जितिसकेको छ। अब अन्तिम एकदिवसीय सिरिज सोमबार हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार