
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री मान्छेले नै छोएको पानी खानुहुन्न भन्ने पनि पण्डित हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।
आज अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मान्छेले नै छोएको पानी खानुहुन्न भन्ने पनि पण्डित हुन्छ ? भन्दै प्रश्न गरेका हुन् ।
अध्यक्ष ओलीले रङ्गभेद र वर्णभेद मान्ने जो सुकै भए पनि त्यो मानिस असभ्य हुने बताए।
जातीय विभेद, रङ्गभेद र वर्णभेद एक प्रकारको हिंसा भएको भन्दै त्यस्तो गर्नेलाई दण्ड दिदै समानता ल्याउनु पर्नेमा उनले जोड पनि दिए।
‘कतिपय पण्डित हुनुहुन्छ तर छोइन्छ भन्ने ठान्नुहुन्छ । अनि के को पण्डित रु मान्छेले छोएको पानी खानुहुन्न भन्ने पनि पण्डित हुन्छ रु’ रङ्गभेद र वर्णभेद एक प्रकारको हिंसा र विभेद हो त्यस्तो गर्नेलाई कडा कार्वाही हुनुपर्छ’, अध्यक्ष ओलीले भने ।
अध्यक्ष ओलीले समाजमा रहेका विभेद, बिकृती, बिसंगती, कुसंस्कार,अन्धविश्वास हटाउन राजनीतिक दलहरुको अहम भूमिका रहने भएकाले त्यस्ता विभेदविरुद्ध हरेक पार्टीका नेता, कार्यकर्ताहरुले ग्रामिण तहबाटै अभियान थाल्नु पर्नेमा जोड दिए ।









