नेपाल सुनचाँदी ब्यवसायी महासघंको अध्यक्षमा रसाइलीको उम्मेदवारी


काठमाडौं। नेपाल सुनचाँदी ब्यवसायी महासघंको अध्यक्षमा अर्जुन रसाइलीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
महासंघको यहि चैत २३ र २४ गते हुने चौथो महाधिवेशनमा नयां नेतृत्वका लागि हुने निर्वाचनमा रसाइलीले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका हुन् । हाल महासंघको वरिष्ठ उपाध्यक्ष रहेका रसाइली टिम नै घोषणा गरेर निर्वाचनमा होमिसकेका छन् ।

अध्यक्षका उम्मेदवार रसाइलीले प्रदेसको निर्वाचनमा सातै सभापति आफ्नै प्यानलबाट निर्वाचित गराएर आफ्नो जित सुनिश्चित समेत गरेका छन्। सुन चाँदी व्यवसायीहरुको हकप्रति सधैं लडिरहेका रसाइली आम व्यवसायीबीच लोकप्रिय पनि छन् । महासघको केन्द्रिय सदस्य हुँदै दुई कार्यकाल उपाध्यक्ष र हाल वरिष्ठ उपाध्यक्ष रेहका रसाइली आफु अध्यक्षमा निर्वाचित हुनेमा विश्वस्त छन्।

यसअघिका महासधको निर्वाचनमा रसाइली सबै भन्दा बढि लोकपृय मत ल्याउने ब्यक्ति पनि हुन्।

न्याय, समानता, समावेशी र गतिशील महासंघको लागी हाम्रो अभियान भन्ने नारा सहित चुनावी माहोलमा होमिएका रसाइलीले आफ्नो टिमबाट वरिष्ठ उपाध्यक्षमा दियेश रत्न शाक्य, महासचिवमा किरणभाई बज्रचार्य र कोषाध्यक्षमा सुदिप श्रेष्ठलाई तिन खम्बाको रुपमा उम्मेदवार बनाएका छन्। उनले महासघको हालका महासचिव धर्म सुन्दर बज्रचार्य, बुद्वि बहादुर बिक र राजु धमलालाई पनि उपाध्यक्षको उम्मेदवार बनाएका छन्। महासंघको चुनावका लागि उपाध्यक्ष बिपिन रामुदामु पनि सभापतिको मात्र नाम घोषणा गरेर ब्यवसायी भेटघाटमा उत्रिएका छन्।

दुबै उम्मेदवारले जिल्ला जिल्लाका व्यवसायीहरुलाई भेटघाट गरि आफुलाई सहयोग गर्न आव्हान गरिरहेका छन्। पन्ध्र हजार भन्दा बढि व्यवसायीहरु रहेको महासंघको छयालिस जिल्लामा संगठन रहेको छ। महाधिवेशनमा प्रतिनिधि र परिवेक्षक समेत गरि करिब पन्ध्र सय व्यवसायीहरुको सहभागिता रहेको रसाइलीको भनाई छ। सभापतिका दुबैजना उम्मेदवार उपत्यका बाहिर चितवनका सुनचाँदी व्यवसायी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार