बेइजिङमा पुटिन र सी जिनपिङ भेटवार्ता, अमेरिकालाई तनाव


काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । जिनपिङलाई भेट्न पुटिन आफै बेइजिङ पुगेका हुन् ।रुसको पाचौं कार्यकालका लागि राष्ट्रपतिमा चयन भएसँगै पुटिनले आफ्नो पहिलो विदेश भ्रमण चीनबाट सुरु गरेका छन् ।

पुटिन दुई दिने भ्रमणका क्रममा चीन गएका हुन्। विश्व शक्ती राष्ट्रका रुपमा उदाईरहेका चीन र रुसका प्रमुखहरु भेटवार्तालाई अमेरिका लगायत पश्चिमा राष्ट्रहरुले निकै चासोका हेरिरहेका छन् ।

रुस र चीनले आगामी दिन कसरी साझेदारी गरेर अघि बढ्छ भन्ने विषय पश्चिमाहरुका लागि महत्वपुर्ण हुनेछ । रूस युक्रेन युद्धयता रूस र चीनका राष्ट्र प्रमुखबीचको भेट यो तेस्रो पटक हो । यसकारण पनि अमेरिका पुटिन र सि जिनपिङबीचको भेटवार्ताले झस्किएको छ ।

संवादका क्रममा उनले चीन र रूसबीच नयाँ विश्वका लागि वृहत रणनीतिक साझेदारी हुने ग्लोबल टाइम्सले बताएको छ ।

दुबै नेताहरुको भेटवार्तामा दुई मुलुकबीच वृहत रणनीतिक साझेदारी सम्बन्धि सम्झौता हुनसक्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार