प्रधानमन्त्री प्रचण्डको काँग्रेसलाई चेतावनीः यसको मूल्य चर्को पर्नेछ

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई संसदमा देखाएको ब्यवहारको मुल्य चर्को पर्ने चेतावनी दिएका छन्।

आज बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वास मत लिन अवरोध गरेपछि प्रचण्ड काँग्रेससंग आक्रोषित भएका हुन् ।
विश्वासको मतको प्रस्ताव पेश गर्न सभामुखले समय दिएपछि कांग्रेसका सांसदहरूले बेल घेराउ र नाराबाजी गर्दै प्रधानमन्त्री प्रचण्डलाई छेक्ने प्रयास गरेका थिए ।

काँग्रेसको अवरोध देखेर सभामुखले प्रधानमन्त्रीलाई रोष्टममा आउन सहजीकरण गरिदिन मर्यादा पालकलाई आग्रह गरेका थिए । प्रधानमन्त्री प्रचण्डलाई रोष्टममा जान रोक्नलाई घडी चोर आरोपी काँग्रेसका सांसद रामहरी खतिवडा तम्सिदै अघि बढेका थिए ।

रोष्टमबाट बोल्दै प्रचण्डले काँग्रेसले संसदमा निकै ठुलो गल्ती गरेको र यसको मुल्य चर्को चुकाउनु पर्ने चेतावनी दिएका थिए । आफुले काँग्रेसलाई पटक पटक साथ दिएको बताउंदै प्रधानमन्त्री प्रचण्डले संविधान अनुसार संसदमा विश्वासको मत माग्दा काँग्रेसले अवरोध गरेर इतिहासमा कलंकित हुने काम गरेको बताए ।

‘नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले तपाईंहरुलाई पटक–पटक साथ दियो । र, यो पटक पनि जुन प्रधानमन्त्रीले तपाईंहरुलाई संवाद र सहमतिको बाटोमा ल्याउन मेहनत गरेको छ त्यसलाई संविधान अनुसार विश्वासको मत लिन नदिएर तपाईंहरुले इतिहासमा एउटा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो म त्यसका निम्ति गहिरो दुःख व्यक्त गर्दछु । र, तपाईंहरु नेपाली कांग्रेसका लागि मूल्य धेरै चर्को पर्नेछ । आजको यो तपाईंहरुको गतिविधि नेपालको इतिहासमा राम्रैसँग कलङ्कको रूपमा स्थापित हुनेछ । र, मेरो विश्वासको पक्षमा समर्थन गर्ने नेकपा एमालेका माननीय विष्णु पौडेल लगायत सबै माननीय र संसदीय दललाई हार्दिक धन्यवाद दिन चाहन्छु, प्रचण्डले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार