
धनुषा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमती दिइएको छ । जिल्ला अदालत धनुषाले उनलाई थप तीन दिनभित्र अनुसंन्धान सक्न भन्दै आज प्रहरीलाई अनुमति दिएको हो।
न्यायाधीश यदुराज शर्माको इजलासले सिरोहियामाथि लागेको आरोपको अनुसन्धान गर्न बुधबारसम्मका लागि हिरासतमा राख्न अनुमति दिएको अदालतले जनाएको छ । सिरोहियाको नागरिकतामा जन्ममिति खुलाएर गरिएको हस्ताक्षरको फरेन्सिक परीक्षणका लागि पठाइएकोमा रिपोर्ट आउन बाँकी रहेको भन्दै प्रहरीले थप म्याद मागेको थियो ।
बुधबार जिल्ला अदालत धनुषाले सिरोहियामाथि अनुसंन्धान गर्न प्रहरीलाई पहिलो पटक ३ दिन हिरासतमा राख्ने म्यमद दिएको थियो । तनि दिनमा पनि अनुसन्धान नसकिएको भन्दै प्रहरीले शुक्रबार सरकारी वकिल कार्यालयमार्फत थप ५ दिन हिरासतमा राख्ने अनुमति मागेकामा अदालतले आइतबारसम्मको लागि म्याद दिएको थियो । सिरोहियामाथि अनुसन्धानका लागि सोमबार फेरि थप तीनको म्याद थपिएको हो ।
सिरोहियाका नाममा जारी नागरिकता नम्बर अर्का व्यक्तिसँग मिलेको भन्दै बैशाख १६ गते सर्लाहीका रास्वपाका मधेस प्रदेश सदस्य इन्द्रजितप्रसाद महतोले धनुषा प्रहरीमा जाहेरी दिएका थिए । उक्त जाहेरीका आधारमा प्रहरीले सिरोहियालाई गत मंगलबार थापाथलीस्थित कान्तिपुरको कार्यालयबाटै सिरोहियालाई पक्राउ गरी धनुषा लगेको थियो ।
भिडियो पनि हेरौं









