काठमाडौं जिल्ला अदालतबाट पनि रवि र छविविरुद्ध पक्राउ पुर्जी जारि

काठमाडौं। सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौं जिल्ला अदालतले आइतबार रवि र छविलाई पक्राउ पुर्जी जारीका लागि अनुमति दिएको हो । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रवि र छविमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई पक्राउ पुर्जीको अनुमति दिएको छ । उनिहरुविरुद्ध प्रहरी वृत्त कालीमाटीमा जाहेरी परेपछि अनुसन्धान सुरु भएको थियो । अहिले जिल्ला प्रहरी परिसरले कालीमाटीबाट फाइल झिकाएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

यसअघि स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा २४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । यो सहकारीका अध्यक्ष पनि गीतेन्द्रबाबु (जीबी) राई हुन् । उनि अहलेसम्म फरार नै छन् । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
सो सहकारीबाट ठगी भएको भन्दै ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन्।

सुर्य थापा नेतृत्वको संसदीय छानविन समितिले देशभरीका ५ वटा सहकारीबाट रवि, छवि र जिबि संचालक रहेको गोर्खा मिडिया नेटवर्कमा ६५ करोड रकम आएर हिनामिना भएकाले कारवाहीका लागि सरकारलाई सिफारीस गरेको थियो । सहकारीबाट रकम लिनमा रविको प्रत्यक्ष संलग्नता नभए पनि रकम अपचलन र हिनामिनामा संलग्नता देखिएकाले कारवाही गर्नुपर्ने समितिको ठहर छ ।

तर, रविले आफुमाथिका सबै आरोपहरु अस्विकार गर्दै आएका छन् । पोखराको सुर्यदर्शनर रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिइसकेका रवि, छवि लगायतलाई अब काडमाडौंको स्वर्णलक्ष्मी ठगीबारे बयान हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार