रविबारे गृहमन्त्रीले भनेः कसैको मानवअधिकार हनन भएको छैन्, प्रहरी कार्यालय र अदालत घेर्नु गलत


सुर्खेत। गृहमन्त्री रमेश लेखकले हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई रातारात पोखरा लगेको बिषयमा मुख खोलेका छन् ।
आज प्रेस युनियन सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले कसैको मानवअधिकार हनन नभएको बताएका छन् । उनले मानवअधिकारको विषयमा सरकार गम्भीर रहेको समेत बताए ।

रास्वपा सभापति लामिछानेलाई गत बुधबार चितवनबाट मध्यराती पोखरा ल्याइएको भन्दै रास्वपाले चर्को विरोध गरिहेको बेला गृहमन्त्री लेखकले यसबारे प्रतिकृया दिएका छन् । उनले लामिछानेलाई पोखरा ल्याउँदा प्रहरीबाट कतै कमजोरी भएको भए त्यसबारे हेर्न सकिने समेत बताए।

गृहमन्त्री लेखकले लाखौं लाख मान्छेको रकम सहकारीमा हिनामिना भएको सम्बन्धमा सयौं ब्यक्तिमाथि अनुसंन्धान भइरहेको र त्यसमा रास्वपा लामिछानेमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको बताए । अनुसंन्धान भइरहँदा सडकमा उत्रिएर प्रहरी कार्यालय, अदालत घेर्नु विधिको शासन उलंघन गर्नु ठहरिने उनको भनाई छ ।

‘रवि जीमात्र हैन तमाम मान्छेलाई अनुसन्धान भइरहेको छ तर कहिले प्रहरी कार्यालय घेरेको छ, कहिले अदालत घेरेको छ । अनुसन्धानलाई प्रभावित गर्ने, सडकमा आएर विधिको शासन उलंघन गर्नु गलत हो’, गृहमन्त्री लेखकले भने ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार