रविको मुद्दा न्यायाधीश नीतिश राईको इजलासमा, बयान जारी

पोखरा । रास्वपा सभापति रवि लामिछानेसहित ५ जनाको बयान भइरहेको छ । कास्की जिल्ला अदालतमा न्यायाधीश नीतिश राईको इजलासमा रविसहित ५ जनाको बयान भइरहेको हो । बयानका लागि रविसहित पूर्व डीआईजी, गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालत उपस्थित गराइएको छ।

हिजो उनिहरु लगायत ३१ जनाविरुद्ध सहकारी ठगीमा कास्की अदालतमा मुद्दा दायर गरिएको थियो । लामिछानेमाथि करिब २८ करोड बिगो माग दाबी गर्दै सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ । बयान सहिएपछि मात्रै थुनछेक बहस हुनेछ । थुनछेक बहसमा रवि र सरकार पक्षका वकिलहरुले बहस गर्नेछन् । उक्त बहसपछि अदालतबाट रविलाई धरौटी वा साधारण तारेख वा थुर्पक्षका लागि थुनामा पठाउने आदेश हुनेछ ।

प्रहरीले अनुसंन्धान सकेर सरकार वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएपछि मुद्धा अदालतमा दर्ता भएको थियो । प्रहरीको प्रतिवेदनअनुसार रवि लगायतले संगठित रुपमै सहकारीको बचत ठगी गरेको आरोपमा कैद सजायको माग सहित १ अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार