युवराज सफलले मुद्धा हाल्न आफ्नै ज्वाँइलाई समेत छोडेनन्


काठमाडौँ। न्यायीक अभियन्ता भनेर चर्चित बनेका युवराज सफल अब अभिनयतीर लम्किएका छन् । मंगलबार काठमाडौंमा सार्वजनिक गरिएको “मत जिउदै मरेको छु” बोलको गीतमा सफलले अभिनय गरेका छन् ।

गीतको शब्द सिर्जना सफल आफैले गरेका हुन् भने संगीत कृष्ण भारद्वाजले गरेका छन् । बाबुल गिरिको एरेन्जमा निरा रानाभाटले स्वर दिएकी हुन् ।गीतमा अभियन्ता सफलसहित नायिका नम्रता सापकोटा, अनुप जङ्ग थापा र सजिना लामिछानेको अभिनय रहेको छ । गीतको भिडियो निर्देशन राहुल बराइलीले गरेका हुन् ।

गीतको निर्माता समेत रहेका सफलले पछिल्लो समय नेपाली समाजमा दाम्पत्य जिवन टुट्दै गइरहेका घटनाहरुलाई मध्यनजर गर्दै त्यसलाई गीतमार्फत पस्किन खोजेको अनमोल पोस्टलाई बताए । दाम्पत्य जिवनमा दरार आउनुको एउटा प्रमुख कारण परस्त्री र परपुरुष सम्बन्ध रहेकाले त्यसलाई आफुले गीतमार्फत चित्रण गर्न खोजेको वामपन्थी नेता समेत रहेका सफलको भनाई छ ।

श्रीमान परस्त्रीसंग लागेपछि विक्षिप्त भएकी श्रीमतीको कथा देखाइएको गीतमा सफलले पीडित महिलालाई न्याय दिलाउन दाईको भूमिका निभाएका छन् । श्रीमानबाट धोका पाएकी ति महिला मर्न बाध्य भएपछि सफलले कानुनी साहेता गरेर ति महिला बचाएको कथा गीतले भन्न खोजेको छ ।

गीतको भिडियो हेर्नुहोस

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार