रविलाई थुना पठाइएकोबारे सर्वोच्चले दियो यस्तो आदेश


काठमाडौं । सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेलाई थुना पठाइएकोबारे कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ ।

रवि पत्नी निकिता पौडेलमार्फत सर्वोच्चमा दिइएको निवेदनउपर आज सुनुवाई गर्दै कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको हो।
कुनै अदालतले आरोपितलाई धरौटीमा छाड्ने वा थुनामा राख्ने आदेश गर्दा न्यायाधिशबाट कारण र आधार खुलाएको विस्तृत विवरणलाई अदालती भाषामा कैफियत प्रतिवेदन भनिन्छ ।

उच्च अदालतको आदेशपछि हाल भैरहवा कारागारमा रहेका रविले गत शुक्रबार आफूलाई थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै पत्नी निकितामार्फत सर्वोच्चमा निवेदन दर्ता गराएका थिए । जसमा आज न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको सर्वोच्चले जनाएको छ।

प्रतिवेदन अदालतमा पेश भएपछि सर्वोच्चमा उच्च अदालतले दिएको आदेशमाथि छलफल हुनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार