डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको कंचनपुरमा भएको निर्मला हत्याकाण्डले सिंगो देश नै रन्थनिएका बेला फेरि अर्को बलात्कारको घटना सार्बजनिक भएको छ । डडेल्धुराको भित्रीमधेसमा एक १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो । जिल्लाको पशुराम नगरपालिकाकी ति किशोरीलाई स्थानीय २ युवाले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए ।
प्रवक्ता साउदका अनुसार सामुहिक बलात्कार गर्नेहरुमा नगरपालिका–४, पोखरी बस्ने अन्दाजी २८ वर्षीय वीरबहादुर बोहरा र सोही नगरपालिका–१०, कुरमुल्लेका अन्दाजी २३ वर्षीय शिवशंकर जोशी रहेका छन् । पीडितले दिएको जाहेरीका आधारमा बोहरालाई पक्राउ गरिसकिएके छ भने जोशी फरार छन । असोज ९ गते राति अनन्ते मेलाबाट घर आउने क्रममा उक्त घटना भएको भएपनि किशोरीले आफ्ना घरपरिवारलाई ढिलो बताएकाले असोज १२ गते प्रहरीमा जाहेरी दिइएको थियो ।
जाहेरी लगत्तै कारवाही सुरु
पीडितले दिएको जाहेरी पश्चात पक्राउ परेका आरोपीत बोहरामाथि प्रहरीले मुद्धा चलाएको छ । घटनाबारे थप अनुसन्धान गर्न अदालतबाट १० दिनको म्याद थप गरेका आरोपीत बोहरा प्रहरी हिरासतमा छन भने अर्का आरोपीत जोशी फरार रहेकाले उनको खोजीकार्य तिर्ब भइरहेको डडेल्धुरा प्रहररीको भनाई छ ।