अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा भएको बस दुर्घटनामा परी ज्यान गुमाएको संख्या १९ पुगेको छ । बुधबार भएको दुर्घटनामा ज्यान गुमाउने मध्ये ११ जनाको सनाखत भएको छ।
सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटनामा परेको थियो। दुर्घटनामा अहिलेसम्म चालक सहित १९ जनाको मृत्यु भइसकेको छ ।
सनाखत भएकाहरू
१.वसन्त भन्ने ओम बहादुर थापा, वर्ष ३१, चालक रुपन्देही बासगढी
२. माया पुरी, १८ वर्ष, खाचिकोट काउले
३. मेनुका खड्का, ८ वर्ष, खाचिकोट काउले
४. बलराम भट्टराई, खाचिकोट डिहिडाँडा
५. शिवलाल भट्टराई, सन्धीखर्क–७, खाचिकोट
६. सीता बस्नेत, २७ वर्ष, शितगंगा–२ घर भइ हाल चप्परगाउँ कपिलवस्तु
७. राज कुमार महत, २८ वर्ष, पिपलडाडा वेम्जिङ, गुल्मी
८. सन्त बहादुर बस्नेत, ३६ वर्ष, छत्रदेव गा.पा. ७, (उपचारको क्रममा चौराह अस्पताल बुटवलमा)
९. शैलैस थापा, भूमिकास्थान नगरपालीका–९, अर्घाखाँची
१०. छविलाल गइरे, सनापा–१०
११. एक जना ६ महिनाका बालक
यसैगरी दुर्घटनामा घाइते भएका ११ जनाको भैरहवा र बुटवलमामा उपचार भइरहको छ । दुर्घटनामा मृत्यु भएका अन्यको पनि खनाखत हुन बाकी रहेको प्रहरीले जनाएको छ ।
बुटवलमा उपचार हुँदै गरेका घाइतेहरु
१. अंकिता थापा वर्ष १५, सन्धीखर्र्क–६ अर्घाखाँची
२. सरस्वता भट्टराई वर्ष २३, सन्धीखर्र्क ४ अर्घाखाँची
३. बिष्णु अधिकारी, अर्घाखाँची
४. लोकनाथ पाण्डे, अर्घाखाँची
५. सपना कुवँर, अर्घाखाँची
६. नन्द बहादुर बिक, अर्घाखाँची
भैरहवामा उपचार हुँदै गरेका घाइतेहरु :
१. कृष्ण बिक, वर्ष ४०, अर्घाखाँची
२. बोम बहादुर, वर्ष ३५ अर्घाखाँची
३. बिष्णु विक, वर्ष ३५, अर्घाखाँची
४. सरस्वता भट्टराई, वर्ष २३, अर्घाखाँची
५. जीवन विक वर्ष २५, अर्घाखाँची











