डडेल्धुरा । डडेल्धुरामा भएको बस दुर्घटनामा परी मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा बझाङको केदारस्युका–४ का २५ वर्षीय नरेन्द्र गुरधामी, ५५ वर्षीया कल्सीदेवी गुरधामी, हरुली बोहरा, तल्कोट–४ बझाङ कै ४४ वर्षीय धनबहादुर घर्ती र २५ वर्षीय भारतीय नागरिक मोहोमद नासिर रहेको डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिए ।
धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३१ नम्बरको बस बुधबार बिहानै पौने ५ बजे गन्यापधुरा गाउँपालिका–१ साहुखर्कमा दुर्घटना हुँदा पाँचै घटनास्थलमै मृत्यु हुनका साथै ३४ जना घाईते भएका छन् । घाइतेमध्ये थलरा–३ बझाङका धनबहादुर चौहान, मष्टा–१ का २२ वर्षीय विनोद थापा र गोदावरी नगरपालिका–१० का रमेश चौधरीको अवस्था गम्भिर रहेकाले उनिहरुलाई थप उपचारका लागि अन्यत्र पठाइएको छ ।
अन्य घाईते हुनेमा बझाङका १० वर्षीय सितल वड, बझाङ तलकोट–५ का २५ वर्षीय कवेन्द्रबहादुर घर्ती, बझाङको जयपृथ्वी नगरपालिका–९ का ३५ वर्षीय धनसरा वड, बझाङ मष्टा–२ का १८ वर्षीय जीवन लुहार, सोही ठाउँका २५ वर्षीय पुष्प कठायत, बझाङका २४ वर्षीय सुरज रोकाया रहेका छन्। यस्तै बझाङकै जयपृथ्वी नगरपालिका–७ का ४२ वर्षीय मनगिरी विक, छब्बीसपाथिभराका ५० वर्षीय मदनराज जोशी, केदारस्यू–५ का २५ वर्षीय बसन्त बोहरा, तलकोट बझाङका ४० वर्षीया गिठी घर्ती, मष्टा २ बझाङका २२ धविन्द्र धामी, केदारस्यू–५ का १९ वर्षीय मोहित धामी, सुबेडा बझाङका ३० वर्षीया लक्ष्मी विक, छब्बीसपाथिभरा–३ का १८ वर्षीय तोरन रेग्मी, मष्टा–२ का १८ वर्षीय सुनिल धामी, थलरा बझाङ तलकोटका ६० वर्षीय जयकला बोहरा छन् ।
थलरा बझाङकी ६० वर्षीया विष्णुमति जोशी, बुङ्गल–१० ४० वर्षीय जनकराज जोशी, बझाङका ५० वर्षीया धना बोहरा, तल्कोटका ५० वर्षीय कुरे घर्ती, बुङ्गल–१ बझाङका २४ वर्षीय जगन्नाथ जोशी, तल्कोट–४ का १० वर्षीय विवेक घर्ती, थलरा–१ की ४० वर्षीय देवा बोहरा छन् । त्यसैगरी दुर्घटनामा परी भारत विहार कटिहारका–२५ वर्षीय महोमद उस्मान, सोही ठाउँका १८ वर्षीय मोहमद गुल्जार, ४० वर्षीय जमिर हुसेन, २५ वर्षीय अजाद हुसेन पनि घाईते छन्।
त्यसैगरी, कैलालीको गोदवरी–३ का २४ वर्षीय नविन धामी, बैतडी सिगासका–२ का २० वर्षीय सुरेन्द्र क्षेत्री, बेतकोट–२ कञ्चनपुरका ४० वर्षीय दिवाकर पन्त, मष्टा–३ का ४७ वर्षीय रजन कामी लगायत ३४ जनाको उपक्षेत्रिय अस्पताल डडल्धुरामा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार बस सडकबाट करिब १ सय मिटर तल खसेको थियो । दुर्घटना के कारणले भयो भन्ने यकिन नभएपनि बसमा अत्याधिक भार रहेका कारण भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाबारे प्रहरीले अनुसंन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।