काठमाडौँ । बुधबार दिउँसो पौने १ बजे भारतमा माओवादी आक्रमणमा परी १५ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । माओवादीको आक्रमण र विस्फोट भारतको महाराष्ट्रमा भएको हो ।
माओवादी लडाकुले गढचिरौलीमा सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण तथा बिस्फोट गराएका थिए ।
सुरक्षाकर्मीलाई लक्षित गरी भएको आक्रमणमा अरु १० जना घाइते भएका भारतीय सञ्चार माध्यामले जनाएका छन् । विष्फोट पछि दुबै पक्ष बीच गाेली हानाहान भएको बताइएको छ ।