काठमाडौं । बाबुराम भट्टराईको गृह जिल्लाबाट पूर्व नयाँशक्ति पार्टीका केन्द्रीय सदस्यसहित ४० नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । उपेन्द्र यादव नेतृत्वको पार्टीसंग एकता गरेको भन्दै असन्तुष्ट नेता तथा कार्यकर्ताहरुले भट्टराईको साथ छोडेका हुन ।
नेता भट्टराईको साथ छोडी नेकपामा प्रवेश गर्नेमा केन्द्रीय परिषद् सदस्य दिनेश तमु, जिल्ला पार्टी सदस्य सुमेन्द्र श्रेष्ठ, नरेश नराल, रवि राना, धनबहादुर तामाङ, सनक उपकोटी रहेका छन् ।
त्यस्तै जिल्लाको सिराचोक गाउँपालिकाका नयाँशक्तिका कार्यकर्ता अशोक गुरुङ, बिकल गुरुङ, अनुप गुरुङ राजकुमार गुरुङ, साजन गुरुङ, विजय गुरुङ, मनिलाल गुरुङ र शिव गुरुङले पनि बाबुरामको साथ छोड्दै नेकपा रोजेका छन् ।
त्यस्तै अन्य नेता कार्यकर्ताहरुमा ताङलीचोकका दीपक सुनार, सुमिन गुरुङ, सागर गुरुङ लगायत छन् ।
उनिहरुलाई नेकपाका केन्द्रीय सदस्य कृष्ण धितालले पार्टी प्रवेश गराएका थिए ।