आईपीएलको फाइनल भिडन्त केहिबेरमा सुरु, च्याम्पियन चेन्नई की मुम्बई ?

काठमाडौं । भारतिय क्रिकेटको महाकुम्भ इंन्डियन प्रिमियर लिग (आईपीएल) प्रतियोगिताको फाइनल खेल केहि बेरमा सुरु हुंदैछ । भारतको हैदरावादमा साँझ ७ बजेर ४५ मिनेटमा सुरु हुने आईपीएलको १२औं संस्करणको फाइनल खेलमा चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्स भिड्दै छन् ।

चेन्नई महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रदैछ भने मुम्बई रोहित शर्माको कप्तानीमा । दुबै टिम स्वदेशी तथा विदेशी युवा र अनुभवी खेलाडीले भरिएका छन् ।
भारतमा आईपीएललाई ठुलै खेल पर्वका रुपमा लिइने हुँदा भारतिय लगायत अन्य क्रिकेटपे्रमीहरुले फाइनल खेलको बेग्र प्रतिक्षा गरिरहेका छन् ।
जितका लागि दुबै टिमको सम्भावना बलियो रहेकाले फाइनल खेल निकै रोमाञ्चक हुने खेलप्रेमीहरुले अनुमान गरेका छन् ।

कस्ले मार्ला बाजी ?
आईपीएलको १२औं संस्करणसम्म आइपुग्दा चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्स दुबै टिमले तीन तीन पटक उपाधी जितिसकेका छन् ।
यो सिजनमा यि दुबै टिमको खेल हेर्दा मुम्बईले अलि राम्रो प्रदर्शन गरेको देखिन्छ ।

लिग चरणको पहिलो होम खेलमा मुम्बईले चेन्नईलाई ३७ रनले पराजित गरेको थियो । त्यस्तै अघिल्लो खेलमा पनि मुम्बईले चेन्नाईलाई ४६ रनले पराजित गरेको थियो ।
प्रतियोगिताको क्वालिफायरको पहिलो राउण्डमा मुम्बईले चेन्नाईलाई ६ विकेटले पराजित गरेको थियो ।

दुबै टिमको जितको रेकर्ड यस्तो !
आईपीएलको १२औं संस्करणसम्म आइपुग्दा चेन्नई सुपर किंग्सले लगातार २०१० र २०११ मा उपाधी जितेको थियो भने गतबर्षको विजेता पनि हो । त्यसैगरी, आईपीएलमा चेन्नई चार पटक उपविजेता पनि भइसकेको छ ।

मुंबई इंडियंसले भने आईपीएलमा २०१३, २०१५ र २०१७ मा उपाधी जितेको रेर्कड छ ।

दुबै टिममा खेलाडी कस्ता छन् ?
यि दुबै टिममा अनुभवी र युवा खेलाडीहरु भएकाले यसले नै जित्छ भन्ने अनुमान गर्न मुस्किल नै पर्छ । चेन्नईसंग चर्चित क्रिकेटर कप्तान महेंद्र सिंह धोनीसंगै विदेशी खेलाडी शेन वॉटसन र ड्वेन ब्रावो छन । त्यसैगरी अनुभवी खेलाडी सुरेश रैना, हरभजन सिंह, इमरान ताहिर, रविंद्र जडेजा खेलाडी छन् ।

त्यसैगरी, चेन्नईका अगाडी मुंबईसंग पनि कम खेलाडी छैनन् । मुंबईका कप्तान रोहित शर्मा आफै निकै अनुभवी युवा खेलाडी हुन । उनले पनि टिममा विदेशी खेलाडी लसिथ मलिंगा र किरेन पोलार्ड जस्ता चर्चित खेलाडी सामेल गरेको छन् । उनको टिममा हार्दिक पांड्या, कृणाल पांड्या, ईशान किशन, राहुल चहर र जसप्रीत बुमराह जस्ता युवा जोशिला खेलाडी पनि समेटेका छन् ।
अब यि दुबै टिमको फाइनल भिडन्त हेर्न केहि समय मात्रै कुर्नु पर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार