मुंबई चौथो पटक आईपीएल च्याम्यिन, चेन्नईबिरुद्ध एक रनको जित

मुंबई सात बर्षमा चार पटक उपाधी जित्दै आईपीएलको सबैभन्दा सफल टिम

 

काठमाडौं । मुंबई इंडियंस, इंडियन प्रीमियर लीग (आईपीएल) को चौथो पटक च्पाम्पियन भएको छ । आइतबार  हैदराबादको राजीव गांधी स्टेडियममा मध्यरातमा सम्पन्न आईपीएलको फाइनल खेलमा चेन्नई सुपर किंग्सलाई एक रनले हराउदै मुंबईले उपाधी जितेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मुंबईले २० ओभरमा ८ विकेट गुमाउदै १४९ रन बनाएको थियो । जितका लागि १५० रनको लक्ष्य पाएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४८ रनमै सिमित भयो ।

जितका लागि चेन्नइलाई अन्तिम बलमा २ रन चाहिएको थियो । तर, अन्तिम ओभर खेलिरहेका लसिथ मलिंगाले चेन्नईका सार्दुल ठाकुरलाई आउट गर्दै मुम्बईलाई उपाधि जिताए ।

साविक विजेता चेन्नईलाई जित्नका लागि मुंबईलाई कठिन भएको थियो । निकै रोमाञ्चक खेलमा सुरुमा खराब प्रर्दशन गरेको मुंबईले पछि सम्हालिएर खेलेको थियो ।

यो जितसंगै सात बर्षमा मुंबई चार पटक उपाधी जित्दै आईपीएलको सबैभन्दा सफल टिम समेत बनेको छ । संयोग पनि कस्तो छ भने मुंबई २०१७ मा पनि एक रन ले नै फाइनलमा जितेको थियो । त्यो बेला उसले राइजिंग पुणे सुपरजाएंट्सलाई १ रनले हराएको थियो ।
मुंबईलाई जितका लागि जसप्रीत बुमराह २, क्रुणाल पंड्या, लसिथ मलिंगा र राहुल चाहरले १/ १ विकेट लिए।

जितको टर्निङ प्वाईन्ट


खेलमा चेन्नईका कप्तान एमएस धोनी र शेन वार्टसन रन आउट हुनु मुंबईका लागि जितको टर्निङ पोइन्ट सावित भयो । यिनै खेलाडी रन आउट हुनु नै चेन्नईका लागि ठुलो दुर्भाग्य भयो । कप्तान धोनी २ रन बनाएर ईशान किशनले उनलाई रनआउट गरे ।

त्यसैगरी वॉटसनले ८० रन बनाएर उनि पनि रनआउट भए । त्यसपछि ठुलो झट्काबाट गुर्जिरहेको चेन्नईले २ वलमा ४ रन बनाउन सकेन र आईपीएलको १२औं संस्करणको विजेता बन्नबाट चुक्यो ।

भाग्यमानी कप्तान रोहित शर्मा

प्रतियोगिताको चार वटै खेलमा मुंबईले चेन्नईलाई हरायो, जुन उसका लागि राम्रो रेर्कड बन्यो । मुंबईको यो जितसंगै कप्तान रोहित शर्मा अझै चम्किए । उनकै कप्तानीमा मुंबईले चार पटक आइपीएलको उपाधी जित्न सफल भयो ।

मुंबईका कप्तान यस अर्थमा भाग्मानी छन की उनकोे कप्तानीमा २०१७ मा पनि मुंबईले जम्मा एक रनले जिल निकाल्दै उपाधी जितेको थियो भने आईपीएलको १२औं संस्करणमा पनि त्यहि अवस्था दोहोरियो । चेन्नईलाई मुस्किलले एक रनले हरायो । तर, यो सिजनमा भने मुंबई बलियो संगले सबै खेलमा प्रस्तुत भएको थियो । जसको कारण चेन्नईसंगका सबै खेलमा उसले जिल हासिल गर्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार