मुस्लिम समुदायविरुद्ध हिंसा फैलिएपछि श्रीलंकामा ७ घण्टा कर्फ्यू

काठमाडाैं । श्रीलंकामा मुस्लिम समुदायविद्धरु हिंसाका घटना बढ्न थालेपछि देशैभरि सात घण्टा कर्फ्यू लगाइएको छ। श्रीलंकाका विभिन्न ठाँउमा मुस्लिम समुदायलाई ज्यान जागाउन गाह्रो भएपछि निषेधाज्ञा सहित कर्फ्यू लगाइएको हो ।

मंगलबार मस्जित र मस्लिमहरुले संचालन गरेका पसललाई लक्षित गरी गरिएको हिंसात्मक कार्यमा एक जनाको ज्यान समेत गएको प्रहरीले जनाएको छ । प्रहरीले विभिन्न सहरमा भएका प्रदर्शनलाई नियन्त्रणमा लिन अश्रुग्यास र हवाइ फायर गरेको छ।

इस्टर पर्वको दिन इस्लामिक लडाकुहरूले २ सय ५० जनाको ज्यान जाने गरी चर्च र पाँच तारे होटलमा भएको हमलाको बदलमा तनाव उत्पन्न भएको छ । पछिल्लो समय मुस्लिमका मस्जिद र उनीहरूका सम्पत्तिमाथि आक्रमण हुन थालेको छ।

हिसात्मक कार्यलाई लिएर सामाजिक सद्भाव नखल्बलियोस् भनेर सरकारले सोमबार देखि अस्थाई रुपमा सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लगाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार