शुक्रबार सुनको मूत्य घट्यो 

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ६० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार प्रतितोला ६० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

त्यस्तै, बिहीबार सोमबार तेजावी सुन ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य दश रुपैयाँले घटेको छ । बिहीबार चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी ७१५ रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार