कैलाली । गर्मी बढेसँगै सुरु भएको आगलागिका कारण धनगढीको वन क्षेत्र जलेर नष्ट भएको छ । आगोबाट तराई क्षेत्रको चुरे सँगै पहाडी भु–भागमा रहेको वन क्षेत्रमा पनि प्राकृतिक श्रोतसाधन जलेर नष्ट भएको हो ।
आगलागिबाट अहिलेसम्म एक लाख ८० हजार हेक्टर वन क्षेत्र मध्ये झण्डै ७२ हजार हेक्टर वन क्षेत्र जलेर नष्ट भएको डिभिजन वन कार्यालय धनगढीले जनाएको छ । आगोबाट प्राकृतिक सम्पदाका साथै जंगली जनावरको बासस्थान समेत गुम्ने खतरा बढेको छ भने ४० प्रतिशत वन क्षेत्रमा क्षेती पुगेको छ ।
राष्ट्रिय वन, सामुदायिक वन र साझेदारी वन क्षेत्रमा डढेलोका कारण हजारौ साना तथा ठूला रुखहरु जलेर खरानी भएका छन् ।
गर्मी मौसम सुरु भएसँगै लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् ।
चुरे क्षेत्रका सल्लाहरुमा सबै भन्दा बढी क्षेती भएको छ । सल्लामा छिट्टै आगो सल्कनुका साथै भौगोलिक कठिनाइसमेत रहेकाले चुरे क्षेत्रको डढेलो नियन्त्रण गर्न समस्या भएको बताइएको छ ।
धनगढीमा धेरै गर्मीका कारण जमिन तातेकाले पनि आगो निणन्त्रण गर्न समस्या भइरहेको स्थानीयले बताएका छन् । जमिन तातेकाले आगो छिटो सर्ने कारण धेरै क्षेती भएको छ ।
आगलागिबाट पुरा रुख, भरर्खरै पलाउन थालेका बोटविरुवा र जंगली जनावरलाई समेत खतरा बढेको छ । आगोलाई समयमै नियन्त्रण गर्न सकिएन भने अझै ठुलो क्षेती हुने सम्भावना बढेको छ ।