काठमाडौं । विश्वकप क्रिकेटको अभ्यास खेलमा अष्ट्रेलियाले श्रीलंकालाई पराजित गरेको छ । गएराति भएको अभ्यास खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले पराजित गरेको हो । जितका लागि २४० रनको लक्ष्य पाएको अष्ट्रेलियाले ४४।५ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेटाएकाृ थियो।
अष्ट्रेलियाका लागि उस्मन खवाजाले ८९ रनको यागदान गरे भने ग्लेन म्याक्श्वेलले ३६ रन बनाए । त्यस्तै जितका लागि साउन मार्सले ३४ र मार्कुस स्टोइनिसले नि प३२ रनको योगदान गरे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २३९ रन बनाएको थियो । श्रीलंकाका लागि लाहिरु थिरिमानेले ५६ र धनन्जय डे सिल्भाले ४३ रन बनाए । बलिङतर्फ एडम जाम्पाले दुई विकेट लिएका थिए ।
इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा यही ३० मे देखि विश्वकप क्रिकेट सुरु हुदैछ ।