कैलाली । कैलालीको जिल्ला मालपोत कार्यालय परिसरमा राखिएको टाइम बम नेपाली सेनाले निक्रिय पारेको छ । मङ्गलवार बिहान करिब ७ बजे भेटिएको बम पौने करिब अढाई घण्टापछि नेपाली सेनाको टोलीले निक्रिय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कैलालीको बेराडाडीस्थित सेनाको ब्यारेगबाट गएको सेनाको डिस्पोजक टोलीले बम निस्कृय पारेको हो ।
आइतबार विप्लव समुहबाट गरिएको नेपाल बन्दको समयमा उक्त बम राखिएको हुन सक्ने प्रहरीको भनाई छ ।
बम भेटिएको क्षेत्र अहिले शान्तीपुर्ण रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।