जापान किन किन्दैछ यस्ता खतरनाक लडाकु विमान ?

काठमाडौं । जापानले ठुलो संख्या लडाकु विमानहरु किन्दैछ । उसले अमेरिकासँग १ सय ५ वटा लडाकु विमान किन्न लागेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार दिने जापान भ्रमण गरे लगत्तै लकहिड मार्टिन नामक अमेरिकी कम्पनीले बनाएका एफ–३५ मोडलका लडाकु जहाज किन्ने घोषणा गरिएको हो।  हुन त गत डिसेम्बरमै जापानले ती जहाज किन्ने कुरा सार्वजनिक भएको थियो।

विमान खरिदबारे जापानी प्रधानमन्त्री सिन्जो अबे र राष्ट्रपति ट्रम्पले सम्झौता पत्रमा हस्तक्षर गरेपछि विमान किन्ने प्रकृया सुरु भएको हो ।
निर्माण कम्पनीका अनुसार एफ–३५ लडाकु विमान स्टिल्थ हुने र यि विमानहरुलाई राडारबाट समेत देख्न सकिदैन ।
यी जहाज किनेसँगै जापान अमेरिकाका सहयोगी देशहरूमध्ये सबैभन्दा धेरै एफ-३५ जहाज भएको देश बन्नेछ।

यसअघि अष्ट्रेलियाले यस्ता ७२ जहाज किन्नलाई १७ अर्ब डलर छुट्याएको छ भने दक्षिण कोरियाले ४० वटा जहाज अर्डर गरिसकेको छ। सउलले थप २० वटा एफ-३५ जहाज किन्ने निर्माता कम्पनी लकहिडको आशा छ।

जापानले यसरि लडाकु विमान किन्न लागेको खबरले एसिया प्रशान्त क्षेत्रमा हतियार शक्ती संचय गर्ने दौड सुरू हुने विश्लेषकहरूको अनुमान छ ।

जापानको यो कदमले सबैभन्दा बढी चीनलाई झस्काएको छ। यसअघि चीनले पनि यस्तै नदेखिने एफ–२० जहाज आफ्नो सेनालाई दिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार