चितवन । चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काउने कार्यमा संलग्न रहेको आशंकामा प्रहरीले एक दर्जन बढिलाई पक्राउगरेको छ । पक्राउ गरिएकाहरुको परिचय खुलाइएको छैन । जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार घटनाका मुख्य दोसी पत्ता लागिसकेकाले खोजिकार्य जारी छ । बार भत्काउन प्रयोग गरिएको डोजर समेत नियन्त्रणमा लिइएको चितवन प्रहरीले जनाएको छ।
निर्माणस्थलको सुरक्षाका लागि लगाइएको जस्तापाता सहितको घेरबारलाई केही व्यक्ति हरुले बुधबार बिहान पाँचबजेतिर भत्काएका थिए। डोजरसहित आएका केहि ब्यक्तीहरुले झण्डै १ किमि कम्पाउन्ड गरिएको बार भत्काएको धुर्मुस सुन्तली फाउण्डेसनका सीताराम कट्टेल धुर्मुसले बताए ।
कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले भोगचलन गर्दै आएको उक्त जग्गाको किनारबाट स्थानियहरुलाई आवात जावतका लागि केही मिटर बाटो खोल्ने सहमति भएको ४ दिनपछि केही व्यक्तिहरुको अरुको उक्साहटमा स्डेडियमको बार भत्काइएको धुर्मुसको भनाई छ। सडक विस्तार गर्ने सम्बन्धमा असन्तुष्ट पक्षले नै उक्त घटना गराएको प्रहरीको भनाई छ ।
तर, आफ्नो ठाँउमा भइरहेको एतिहासिक पुर्वाधार निमार्णमा अवरोध पुर्याउने, डर धम्की देखाउनेलाई कडा कारवाही हुनुपर्ने स्थानियहरुको माग छ । स्थानियहरुले भार भत्काउने जो कोहिलाई पनि नछोड्न प्रसाशनलाई दवाब समेत दिएका छन् ।
भत्काइएको क्षेत्रको बुधबार जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटी, भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल,प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत लगाएतका राजनैतिक दलका नेताको टोलीले स्थलगत अनुगमन गरेको छ ।
अनुगमन पश्चात उनि हरुले निर्माणाधिन रंगशालाको बार भत्काउने काम निन्दनिय भएको भन्दै दोषिलाई कडा कारवाही गर्नुपर्ने बताएका छन् ।प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले घटनामा संलग्न जोसुकै भएपनि कडा कारवाही गरिने बताए ।