भर्जिनियामा गोली चल्याे, ११ जनाको मृत्यु ६ घाइते

काठमाडौं । अमेरिकाको एक राज्यमा  अन्दाधुन्द चलेको  छ ।  अमेरिकाको भर्जिनिया राज्यमा अन्दाधुन्द चलेको गोली लाग्दा ११ जनाको मृत्यु भएको हो भने प्रहरीसहित ६ जना घाइते भएका हुन् ।

बीबीसीका अनुसार एक सरकारी कार्यालयमा कर्मचारीले आफ्नो कार्यकक्षमा अन्दाधुन्द गोली चलाउँदा घटना भएको हो ।
स्थानीय समयअनुसार शुक्रबार ४ बजेपछि भएको घटनामा आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ । तर उनको पहिचान भने भएको छैन् ।

घटनाको बारेमा एफबीआईको टोलीले अनुसन्धान गरिरहेको बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार