बुटवल । एकजना प्रहरी निरीक्षक नै घुस लिंदै गर्दा रंगेहात पक्राउ परेका छन् । रुपन्देहीको रन्यौरा ९सैनामैना० इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशवबहादुर बस्नेत नगद १५ हजार घुससहित पक्राउ गरेका हुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको बिशेष टोलीले बस्नेतलाई बिहीबार घुस लिँदालिँदै पक्राउ गरेको अख्तियार कार्यालय बुटवलले जनाएको छ । उनलाई ढुंगा गिट्टिको कारोबार गर्नेसँग रकम लिँदै गर्दा अख्तियारले पक्राउ गरेको हो ।
उनिमाथी थप अनुसन्धान थालिएको अख्तियार कार्यालयले जनाएको छ ।