कैलाली र कंचनपुरमा भिषण हावाहुरी, एक जनाको मृत्यु, दर्जनौं घाइते

कैलाली । सुदूरपश्चिम प्रदेशको कैलाली र कंचनपुरमा आएको भिषण हावाहुरीमा परी एक जनाको मृत्यु भएको छ । हावाहुरीमा परी दर्जनौं ब्यक्ती घाइते भएा छन भने सयौं घरका छानाहरु उडाएको छ ।

हावाहरीमा परी कैलाली गोदावरीका वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । हुरीमा परी मोटरसाइकल र टिप्पर एक आपसमा ठोक्किदा मोटरसाइकल चालक रहेका चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
हावाहुरीमा परी घाइते दर्जनौं ब्यक्तीहरुलाई अहिले उपचारका लागि धनगढीस्थित सेती अंचल अस्पतालमा लगिएको छ । घाइतेमध्ये केहिको अवस्था गम्भीर रहेको छ ।

सुदुृरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुरज केसीका अनुसार बिहीबार साँझ करिब ८ बजेतिर एक्कासी आएको  हावाहुरीका कारण कैलाली र कंचनपुरका विभिन्न ठाँउहरुमा सयौं घर टहराहरुका छाना उठेको छन । राजमार्गहरुमा रुखहरु ढलेका करण बाटो अवरुद्ध छ । घटनाको सम्पुर्ण विवरण आइ नसकेका कारण क्षतीको एकिन हुन नसकेको प्रहरीको भनाई छ । हावाहुरी ग्रस्त ठाउँमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ, उद्धार कार्य जारी छ । कैलाली र कञ्चनपुरमा पछिल्लो धेरैबर्ष यताकै सवैभन्दा ठुृलो हावाहुरी आएको स्थानीयले बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार