हावाहुरी अपडेट : ज्यान गुमाउनेको संख्या दुई पुग्यो, सय भन्दा बढी घाइते (भिडियोसहित)

काठमाडौं । कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको भिषण हावाहुरीका परी ज्यान गुमाउनेको संख्या दुई पुगेको छ भने सय भन्दा बढी घाइते भएका छन् ।

ज्यान गुमाउनेमा गोदावरी नगरपालिकाका विरबहादुर चौधरी र टीकापुरमा पोल्ट्री फर्मको वाल भत्किँदा लहानु चौधरीको मृत्यु भएको प्रहरी जानकारी दिएको छ ।

हावाहुरीका कारण कैलालीमा मात्रै ८० जना घाइते भएका छन् ।घाइतेको धनगढीमा रहेको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । एक जना गम्भीर घाइते भएपछि नेपालगञ्ज रेफर गरिएको कैलाली प्रहरीले जनाएको छ ।

उत कञ्चनपुरमा पनि हावाहुरीलेका कारण दर्जनौं घाइते भएका छन् भने लाखौ क्षति भएको छ । घाइतेको महाकाली अञ्चल अस्पतमा उपचार भइरहेको छ । १५ जनाको डिस्चार्ज भएको र ८ जनालाई धनगढी रेफर गरिएको बताइएको छ ।

हावाहुरीले दुवै जिल्लाका भौतिक संरचनामा क्षति पुर्‍याएको छ । सयौंको संख्यामा रुखहरु ढलेका छन् भने घरका टिनका छाना उडाएका छन् । छाना उडाएपछि रातभर कष्टकर जीवन बिताएको पीडितहरुले बताएका छन् ।

सडकमा रुख ढल्दा दुर्ब जिल्लाका विभिन्न स्थानको सवारी आवागमनसमेत प्रभावित भएको छ । हुरीले विद्युतका पोलसमेत भाँचिदिएको छ । बिजुलीका पोल भाँचिएपछि जिल्लाका अधिकांश स्थानमा विद्युत सेवा बन्द भएको छ । भने टेलिफोन सेवा पनि प्रभावित भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार