काठमाडौं । विश्वकप क्रिकेटमा आज पाकिस्तान र श्रीलंका भिड्दैछन् ।
ब्रिष्टलस्थित काउन्टी ग्राउन्डमा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुने खेलमा पाकिस्तान र श्रीलंका भिड्नेछन । विश्वकपमा यि दुबै टोलीले आफ्नो बलियो खेल प्रर्दशन गर्दै आएका छन । यि टोली बिचको खेल निकै रोमाञ्जक हुने अपेक्षा गरिएको छ ।
तुलनात्मक रुपमा श्रीलंकाभन्दा पाकिस्तान बलियो टिम मानिन्छ । पाकिस्तानको बलिङ र ब्याटिङ राम्रो मानिन्छ भने श्रीलंकाको ब्याटिङ कमजोर छ ।
त्यसकारण आजको खेलमा पाकिस्तानको ब्याटिङलाइृ कसरि सामाना गर्ने भन्ने नै श्रीलंकाको मुख्य रणनिती हुनेछ ।
दुबै ठोलीका खेलाडीहरु चिनौं ।
श्रीलंकाको टोली
दिमुथ करुनरत्ने ९कप्तान०, धनञ्जय डे सिल्भा, नुवान प्रदीप, अभिश्का फर्नान्डो, सुरंगा लकमल, लासिथ मालिंगा, एन्जेलो मथेवस, कुशल मेन्डिस, जीवन मेन्डिस, कुशल परेरा, थिसरा परेरा, मिलिन्डा सिरिवार्दना, लाहिरु थिरिमाने, इसुरु उडना जेफ्रिय भन्डर्सी ।
पाकिस्तानको टोली
सर्फराज अहमद ९कप्तान०, फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, सोहेब मलिक, आसिफ अली, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, मोहम्मद हसनाइन, हसन अली, वाहव रियाज, साहिन शा अफ्रिदी ।