काठमाडौं । लामो छलफलपछि प्रदेश २ को सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ । सोमबार बसेको प्रदेशसभाको बैठकबाट बहुमतले नीति तथा कार्यक्रम पारित गरेको हो ।
प्रदेशसभामा गत जेठ १९ गते प्रदेश प्रमुख रत्नेश्वरलाल कार्यस्थले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सत्तारुढ सांसदले नीति तथा कार्यक्रममाथि संशोधन दर्ता गराएपछि प्रदेश सरकार संकटमा परेको थियो ।
सत्तासिन राजपाका महासचिव समेत रहेका सांसद मनिष सुमन, सांसद विदेश्वर यादव ‘विक्की, डा। रिना यादव, नेत्रबिक्रम साह र सचेतक परमेश्वर साहले संशोधन दर्ता गराएका थिए । तर पाँचै जनाले संशोधन फिर्ता लिएर असन्तुष्ट सांसदहरुलाई मनाउन जनकपुरमा तीन दिनसम्म छलफल भएको थियो ।
असन्तुष्ट पक्षलाई छलफलका माध्यामबाट संशोधन फेर्ता लिन लगाएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । त्यसैगरी बैठकमा उठेका प्रश्नको जवाफ दिदै मुख्यमन्त्री लालबाबु राउतले हिन्दी भाषालाई सम्पर्क भाषा बनाउने बताएका छन् ।