नवनियुक्त पर्यटनमन्त्री भट्टराईले भने, ‘मन्त्री हुने कुरा १ बजेमात्रै थाहा पाए’

'रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा आए'

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले आफु मन्त्री हुने कुरा दिउँसो १ बजे मात्रै थाहा पाएका बताएका छन् । उनले दिउँसो ४ बजे मन्त्रीको सपथ लिएका थिए ।

बुधबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री भट्टराईले भने, “प्रधानमन्त्री ज्युले दिउँसो आज १ बजे कार्यालयमा बोलाएर प्रस्ताव गर्नुभयो, प्रधानमन्त्रीले बोलाएको भेटमा पार्टीका सबै वरिष्ठ नेताहरु हुनुहुन्थ्यो, सबैको राय सल्लाहमा जिम्मेवारी दिइयो ।”

कुनै पुर्बयोजनाविनै एक्कासी महत्वपुर्ण मन्त्रालयको जिम्मेवारीमा आएको भन्दै मन्त्री भट्टराईले मन्त्रालयका सबैसंगको छलफल र सल्लाहमा मात्रै अघि बढ्ने बताए ।

“मन्त्रालयका पियनदेखि सचिवसम्म हामी सबै साथी हौं, तपाईंले काम लगाउनु म सिक्न आएको हो,” मन्त्री भट्टराईले भने ।

केही दिनमा प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गर्ने भन्दै मन्त्री भट्टराईले आफूले गर्न सक्ने कुरामा मात्रै प्रतिवद्धता गर्ने बताए ।

अहिले पर्यटन मन्त्रालयमा धेरै चुनौती रहेको भन्दै उनले नेपाल भ्रमण वर्षलाई सफल पार्न सम्पूर्ण तागत र शक्तिका साथ अगाडि बढ्ने बताए ।
पोखरा विमानस्थल र गौतमवुद्ध विमानस्थल सकेसम्म छिटो सक्ने र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा सहमति जुटाउने मन्त्री भट्टराईको भनाई थियो ।

रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा आए
नवनियुक्त मन्त्री भट्टराईले तात्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा आएको समेत बताए । परिस्थितीबस रविन्द्रको कुर्चीमा बस्न आइपुगेको भन्दै सबै अग्रजसँग राय सल्लाह लिएर अगाडि बढ्ने बताए ।

“परिस्थितिले उहाँ बस्नुभएको कुर्सीमा म बसेको छु, उहाँले नै राम्रोसँग सम्हाल्न सक्नुहुन्थ्यो, उहाँकै आवश्यकता थियो, तर प्रकृतिलाई जित्न सकेनौं। उहाँको उत्ताराधिकारीका रुम्पमा आएको छु, यसो भन्दा मलाइ गर्व छ।”

यो पनि पढ्नुस

योगेश भट्टराईले यसरि लिए पर्यटनमन्त्रीको सपथ

हाम्रा भिडियो सामाग्रीहरु पनि हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार