कस्तो दुखत खबरः शौचालय भत्किँदा ४ बालबालिकाको मृत्यु

दार्चुला । शौचालय भत्किँदा ४ बालबालिकाको मृत्यु भएको छ । दार्चुलाको नौगाड गाउँपालिका ४ स्थित सिप्टीमा स्थानीय गणेश विनायक माविको शौचालयको छाना भत्किँदा विद्यालयमा अध्ययनरत चार बालबालिकाको मृत्यु भएको हो ।

विद्यालय बन्द रहेको बेला शौचालयको छतमा खेलिरहेका बेला एक्कासी छाना खस्दा ति बालबालिकाको मुत्यु भएको प्रहरी चौकी सिप्टीका प्रहरी सहायक निरीक्षक देवदत्त भट्टले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा अन्दाजी ७ वर्षिय निरुता ठगुन्ना, ९ बर्षिय अनुष्का धामी, ५ बर्षिय युनिका ठगुन्ना र ९ बर्षिय सुदिश धामी रहेका छन् ।  उनका अनुसार छतले पुरिएको अवस्थामा ४ बालबालिकाको शव निकालिएको छ । ५ देखि ९ वर्षसम्मका बालबालिका रहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार