चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

डडेल्धुरा । डडेल्धुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा परशुराम नगरपालिका–३, मार्कुकी १३ वर्षीया संगीता भाट रहेकी छन् ।

चट्याङ लागेर घाइते संगीतालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । बुधबार बिहान घरमै बसीरहेका बेला चट्याङ लागेको स्थानीयले बताएका छन् ।

चट्याङ लागेर तीनजना घाइते भएका छन् । घाइते हुनेमा ५० वर्षीय महादेव भट्ट ४० वर्षीय भरत विष्ट,र १५ वर्षीया मीना भाट रहेका छन् । घाइते मध्ये मीना संगीताकी दिदी हुन् । तीन जना मध्ये भरतको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेको स्थानीयल स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार