विश्वकप क्रिकेटमा आज वेष्ट इन्डिज र बंगलादेश भिड्दै

काठमाडौं । विश्वकप क्रिकेटमा आज वेष्ट इन्डिज र बंगलादेश भिड्दैछन् । नेपाली समयअनुसार दिउँसो ३ः१५ मा वेष्ट इन्डिज र बंगलादेशबीचको खेल सुरु हुनेछ ।

इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा बंगलादेश र वेष्ट इन्डिज दुवै टिमले दुई खेलमा हार, एक खेलमा जित र एक खेलमा भने बराबरी अंक बाँडेका छन् ।

बंगलादेशको टिम यस्तो छ
बंगलादेशको टिम मश्रफे मोरटजाको कप्तानीमा मैदान उत्र्नेछ भने उनको टिमका अबु जायद, लिटोन दास, महमुदुल्लाह, मेहिदी हसन, मोहम्मद मिथुन, मोहम्मद सइफुदिन, मोसदक हुसेन, मुश्फिक्यर रहिम, मुस्ताफिजुर रहमान, रुबेल हुसेन, सबिर रहमान, शकिब अल हसन, सौम्या सरकार, तमिम इकबल खेलाडीहरु रहेका छन्।

वेष्ट इन्डिज टिम यस्तो छ
वेष्ट इण्डिजको टिम ज्यासन होल्डरको कप्तानीमा मैदान उत्र्नेछ । उनको टिममा अन्य खेलाडीहरु क्रिस गेल, कार्लोस ब्राथवोएट, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, इभिन लेविस, निकोलस पुरन, एन्ड्रे रसेल, शेलडन कोटरेल, एश्ले नर्स, किमार रोच, ओशेन थोमस, फावियन एलेन र स्यानन गाब्रियल रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार