काठमाडौं । सुदूरपश्चिम यातायातको साइपाल डिलक्स बस दुर्घटनामा परेको छ । काठमाडौंबाट बझाङका लागि छुटेको बस बर्दियाको रम्भापुर नजिक आज बिहान दुर्घटनामा परेको हो ।
बस दुर्घटनामा परि ३० भन्दा बढी यात्रु घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था गम्भिर रहेको बताइएको छ । घाइतेहरुलाई नेपाल प्रहरी, नेपाली सेनाले उद्धार गरी अस्पताल पुर्याएका थिए । घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
शनिबार बिहान ११ः३० बजे बझाङका लागि छुटेको ना६ख १३३९ नम्बरको बस बर्दियाको रम्भापुरमा आइतबार विहान ४ बजे दुर्घटनामा परेको हो। ।
यसअघि २०७३ साल जेठ ३ गते सोही बस नवलपरासीमा दुर्घटनामा परेको थियो । त्यतिबेला २० जना यात्रु घाइते भएका थिए ।












