भारतको चर्को दवावपछि सरकारले निर्णय परिवर्तन, अब विषादी जाँच नगर्ने

काठमाडौं । सरकारले भारतको चर्को दवावपछि आफ्नो निर्णय फेर्ता गरेको छ । भारतबाट आउने तरकारी र फलफुलको विषादी जाँच गर्ने निर्णय प्रति भारतले असहमति जनाएपछि सरकारले निर्णय फेर्ता गरेको हो ।

भारतीय दूतावासले नेपालका सरकारी अधिकारीलाई विषादी परीक्षण नगर्न दिएको दबाबपछि सरकारले आफ्नो निर्णय परिवर्तन गरेको हो ।
बिहीबारको मन्त्रिपरिषद्बैको बैठकले नै सीमा नाकामा विषादी जाँच नगर्ने निर्णय गरेको बताइएको छ ।

मन्त्रिपरिषद्को यो निर्णयसँगै भन्सार नाकामा शुक्रबारबाटै भारतबाट नेपाल भित्रिने तरकारी र फलफुल जाँच नगरी नेपाल पठाइएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार